स्वास्थ्य चौकीभित्रै कर्मचारी मृत फेला

दैलेख। जिल्लाको भैरबी गाउँपालिका ४ स्थित भैरीकालिकाथुम स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कर्णबहादुर थापा मृत भेटिएका छन् । सोमबार बिहान १० बजे स्वास्थ्य चौकीमा आइ कार्यालयको कामकाज गरी फर्किएका थापा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँवदले जानकारी दिए । ४२ वर्षीया थापा गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । थापाको शव पोस्टमार्टम गर्न दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ । उनी १३ वर्षदेखि भैरीकालिकाथुम स्वास्थ्य चौकीमा कार्यरत थिए ।श्रोत नयाँ पेज