अटो दुर्घटना हुँदा एक जनाको मृत्यु ,३ जना घाइते

काठमाडौं । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । आज (बिहीबार) विहान विराटनगर महानगरपालिका-१० अरनिको कलेज नजिकै को २ह २११३ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा अटोमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा विराटनगर-१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब रहेका छन् । उनीहरुको न्युरो अस्पतालमै...