दुई टुक्रा पारिएको अवस्थामा १ महिलाको शव फेला

पोखरा। पोखराको तेह्र आर्बामा दुई टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । आर्बा साझा बस्ती नजिकैको जङ्गलमा सोमबार साझ अन्दाजी ४० बर्षीया महिलाको शव दुई टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिएका छन् । स्थानीयले सामुदायिक जङ्गलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीको खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ३५-४० मिटर तल...