चोरीको आरोप लगाएको भन्दै छिमेकीलाई छुरा प्रहार गरी हत्या

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा २ जमुनियामा सामान्य बिवादका कारण एकजनाले आफ्नै छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । पानी तान्ने मोटर चोरेको विषयमा विवाद भएको थियो । सोही घटनामा आफ्नो नाम लगाएको भन्दै कटहरिया नगरपालिका २ जमुनियाका २५ बर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका प्रहरीले जनाएको छ । दुईदिन अघि मृतक अब्दुल खैरको खेतबाट पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरी गर्नेमा हत्याका आरोपी आलमको नाउ आएको थियो । मोटर चोरीमा नाम लगाउने बिषय लिएर शुक्रबार राति ८ बजे दुवैजनाबीच कुटपिट भएको र सोही क्रममा...