आज चट्याङ र असिनासहित प्रि-मनसुनयताकै ठूलो बर्षा हुने सम्भावना

काठमाडौं । हावाहुरीरचट्याङरअसिनासहित आज (शुक्रबार)प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो। साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको उनले बताइन्। ‘यो प्रि-मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् नगरकोटीले भनिन्, ‘यसकारण आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो।’ उनका आज अनुसार विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरीरचट्याङरअसिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा...