धारिलो हतियार प्रहार गरी १६ वर्षिय छोराको हत्या

कञ्चनपुर । १६ वर्षिय आफ्नै छोराको हत्या गरेको अभियोगमा कञ्चनपुरमा एक जनालाई प्रहरीलेपक्राउ गरेको छ । भिमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । चन्दले छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा प्रहरीले थप अनुसनधान गरिरहेको छ ।