बकैया बस दुर्घटनामा बाँचेका बिमल मृत भेटिए
हेटाैँडा । बुधबार राती धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया ३ चिसापानीमा बागमती प्रदेश ०६-००१ ख ०२७० नम्बरको बस ओरालोमा चिप्लिएर दुर्घटना भएकाे थियाे । बसमा सवार ३१ जनामध्ये २३ जना घाइते भएका थिए। तिनै घाइतेमध्येका एक भीमफेदी गाउँपालिकाको पशु विकास शाखाका प्राविधिक विमल ढुंगानाकाे बिहिबार विहान मृत भेटिए । भिमफेदी गाउँपालिकाकाे कृषी तथा पशु शाखाले अगुवा कृषक अवलोकन भ्रमण सकाएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर बाँचर्कै उनै बिमल हेटाैँडा ११ नवलपुरमा रहेकाे उदय प्रुसाद हटुवालकाे घरमा बिहिबार बिहान मृत भेटिए । भिमफेदी गाउँपालिका ९ का सदस्य समेत रहेका हटुवालसँग हेटाैँडा २ मानस चाेकमा रहेकाे...