भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?
काठमाडौँ । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् । कुन तहको खाना खर्च कति ? मानेभन्ज्याङ : २० लाख १४ हजार खिजीदेम्बा : १९ लाख १९ हजार सिद्धिचरण : १८ लाख ६९ हजार चम्पादेवी : ११ लाख ३४ हजार सुनकोशी : ६ लाख ८१ हजार चिसंखुगढी : ३ लाख ६७ हजार जम्मा : ७९ लाख ८५ हजार यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । अन्नपूर्ण पोस्ट्मा शिवप्रसाद ढुंगानले लेखेका छन् ।