हेटौंडाकाे नेवारपानीमा बस पल्टियाे १ काे मृत्यू, १५ घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर १९ नेवारपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ र १५ जना घाईते समेत भएका छन् । आज बिहान साढे २ बजे तिर काठमाण्डौबाट रौतहट तर्फ  गैरहेकाे ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस  हेटाैँडा नारायणगढ सडक खण्ड अन्तर्गत नेवारपानीमा  अनियन्त्रित भएर पल्टँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयाे । हेटाैँडा १९ नेवारपानीमा बस पल्टिएर बिजुलीको पोलमा ठोकिदा एक जनाकाे ज्यान गएकाे प्रहरीले बताएकाे छ । दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका वडा नम्बर ५ बस्ने ५८ बर्षिय मुकेश शर्मा...