जनताका मुद्दालाई सुक्ष्म ढंगले उठान गर्न जरुरी

हेटौंडा / जनतासँग जाेडिएकाे एजेण्डामा सचेत  नागरिक समाज र सञ्चारकर्मीहरुकाे सहकार्यमा सुक्ष्म ढ‌गले आवाज बुलन्द गर्नु पर्ने सराेकारवालाहरुले बताएका छन् । इन्सेक नेपालको आयोजनामा हेटौंडामा आयोजित “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बीचको सहकार्य बिषयक” अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जनताका मुद्दामा सबै पक्ष एक भएर लाग्न जरुरी भएकाे धारणा राखेका छन्। कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष सरीता दाहालले नागरिकका खाद्य सुरक्षा, स्वास्थ र शिक्षाका क्षेत्रमा सञ्चारकर्मीहरुले विभिन्न बिषयहरु उठान गरेपनि नागरिक समाजका अगुवा संस्थाहरुले चासोका साथ नलिँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताउनुभयो । संचारकर्मीहरुले उठान गरेका बिषयवस्तुहरु नागरिक समाजका व्यक्तिहरुले पनि संगै उठान गरे सम्बन्धित निकायको...