नेवार समुदायबाट पात्रो बहिष्कार

काठमाडौं।नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ। तिहारमा नेवार समुदायले मनाउने स्वन्तिः को तिथि बिगारेको भन्दै पात्रो बहिष्कार गरिएको हो। राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्लाबेग्लै दिनमा राखेको छ। जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथिलाई लहरै उल्लेख नगरी टुटाएमा व्यावहारिक पक्षमा धक्का लाग्ने गर्छ। यसपालिको तिहारमा यस्तै भएको छ। यमपञ्चक भनेकै पाँच दिन मनाउने पर्व हो। घडी र पला हेरेर समितिले तिहारलाई चार दिनमा समेटेको छ। ‘मौलिक पर्वहरूमा सिद्धान्तभन्दा व्यावहारिक पक्ष हेर्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने। ‘पञ्चांग समितिले सिद्धान्तलाई मात्र महत्व दिँदा...