पत्रकार हत्याको छानबिनको माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार हत्याको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै ध्यानाकर्षण गराएको हो । आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवनकुमार भट्टलाई पत्रकार सुरेश रजकको हत्याका विषयमा छानबिन गर्न महासंघ मकवानपुरले माग गरेको छ । गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुनेगरी सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र...