मकवानपुरमा झोलुङ्गे पुल निर्माण हुँदा विद्यालय आवतजावतमा सहज
हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रेदमारको सिमात खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यालय आवतजावत सहज भएको छ । बर्खायामको समयमा पुल नहुँदा सिमात खोलामा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यता हटेपछि काला भैरव प्राथमिक विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थी खुसी भएका हुन् । बकैया गाउँपालिकाको प्राविधिक, चाइल्ड रेसक्यू नेपालको आर्थिक सहयोग र इस्थर बेन्जामिन स्मृति संस्थाको साझेदारीमा निर्माण भएको झोलुङ्गे पुलको मङ्गलबार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । ९० मिटर लम्बाई रहेको लुईस वान्स् स्मृति झोलुङ्गे पुल ४० लाख लागतमा निर्माण गरिएको हो । झोलुङ्गे पुलको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश...