लागूऔषधसहित दुई जना पक्राउ
हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पिपल चौतारीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेहरुमा ना १४ प ३२४५ नम्बरको मोटरसाईक चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–१७, रामनगर बस्ने ४० वर्षीय टिकाराम सार्की र मोटरसाईकलमा सवार सोही ठाउँका ४५ वर्षीय तारा बहादुर भुजेल रहेका छन् । पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको उक्त मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईमा सवार भुजेलले पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध वानरेक्स एक सय एम.एल. को १०० बोतल फेला परेपछि दुबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरिक्षक अरुण कुमार...