धमाधम अख्तियारको फन्दामा, हिरासत खचाखच

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही तीव्र पारेपछि पक्राउ परेका व्यक्तिका लागि अख्तियारको हिरासत अपुग भएको छ । अख्तियारको कारवाहीमा रंगेहात पक्राउ परेकाहरुलाई राखिदा अख्तियारको हिरासत भरिन पुगेको छ । आयोगले रंगेहात पक्राउ परेका २७ जनासँग अनुसन्धान गरिरहेको छ । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा सोमबारसम्म २७ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव रहेको अख्तियार स्र्रोतले जनाएको छ । ‘हिरासत कक्ष खचाखच अभियुक्तहरूले भरिएका छन्, अख्तियार स्रोतले भन्यो, ‘अनुसन्धान प्रक्रिया सकेर मुद्दा दर्ता गर्ने तयारीमा छौं ।’ पछिल्लो समय रंगेहात पक्राउ पर्ने क्रम बढिरहेको बेला...