प्रहरी कार्यालयमा थन्किएका थोत्रा सवारीसाधन अदालतको निर्णय पर्खिदै छन्
हेटौँडा । विगत ६ वर्षभन्दा अघिदेखि मकवानपुर जिल्लामा रहेका प्रहरी कार्यालयहरुमा थन्किएर बस्दा जीर्ण अवस्थामा पुगेका सवारी साधन हरेक वर्ष अदालतको लिलामी आदेशको पर्खाइमा रहेका हुन्छन् । यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेका साना सवारी साधन करिब जीर्ण बन्दै गएको छ । ठूला सवारी साधन राख्ने स्थान नभएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर नजिकै रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राख्ने गरेको छ । क्षेत्रफलको हिसाबले ठूलो परिसर रहेको इलाका कार्यालय पशुपतिनगर हेटौँडा औद्योगिक क्षेत्रको जग्गामा रहेको छ । पुरानो जमानाको प्रहरी कार्यालय रहेको उक्त घरमा लागु औषध मा संलग्न देखि दुर्घटना भएका सवारी साधनलाई राख्दा कार्यलयको ग्यारेज जस्तो देखिन्छ...