उच्च अदालत पाटन हेटौंडा इजलासमा १ वर्ष नाघेका मुद्दा शून्य
हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासमा १ वर्ष र २ वर्ष नाघेका मुद्दा शून्य रहेको छ । अघिल्लो आवको भन्दा गत आवमा झन्डै २ प्रतिशत मुद्दा बढी फर्स्यौट गरिएको छ । आव ०८०र०८१ मा जिम्मेवारी सरेर आएकोसहित हेटौंडा इजलासमा १ हजार ६ सय १९ मुद्दा थिए । तीमध्ये १ हजार ३ सय ४५ अर्थात ७७ प्रतिशत मुद्दा फर्स्यौट भएको उच्च अदालत पाटन हेटौंडा इजलासले जनाएको छ । अघिल्लो आवमा १ हजार ७ सय ४१ मुद्दा दर्ता भएकामा १ हजार ३ सय १२ थान मुद्दा अर्थात ७५ दशमलव ३६ प्रतिशत फर्स्यौट गरिएको थियो । हेटौंडा इजलासमा...