हेटौंडाबाट लोथर जाने क्रममा बसमै पाकेटमार्ने तीनजना पक्राउ

हेटौंडा । मनहरीमा बस चढेका व्यक्तिको ५१ हजार नगद चोरी गर्ने तीन जना पक्राउ परेका छन् । गएराती ११ बजेको समयमा मकवानपुर मनहरी गाउँपालिका वडा नंबर– ६ बस्ने ४९ वर्षिय भरत गौतम हेटौडाबाट ना ५ ख ८१०१ नंबरको बस चढि लोथर जाने क्रममा निजको साथमा रहेको नगद ५१ हजार पाकेट मारी चोरी गर्ने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चोरी भएको सुचना प्राप्त हुनसाथ तत्लाल इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास गर्ने क्रममा सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका वडा नंबर ६ बस्ने ३२ वर्षिय लाक्पा तामाङ, जिल्ला उदयपुर त्रियुगा नगरपालिका...