दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षले एउटै व्यक्तिको दोहोरो नागरिकता दिन सिफारिस गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्। जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिकाका निर्वतमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका हुन्। उनीहरुले मुखियाट्टी मुसहरनियास्थित तुलसियाही जब्दीबाट एउटा नागरिकता लिइसकेका आनन्द मिश्रलाई अर्को नागरिकताको लागि सिफारिस गरेका थिए। अदालतले उनीहरुलाई त्यही नागरिकता दिएको अभियोगमा नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी गरेको हो। दोहोरो नागरिकता लिएका आनन्द असार पहिलो साता नै पक्राउ परेका थिए। अहिले उनीमाथि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका आनन्दसँग नेपालको दुई र...