अभियुक्तको बयान- ‘सिक्री लुटेर भाग्दा चिच्याइन्, अनि चक्कु रोपेर मारेँ’

काठमाडौं। ७ वैशाखमा काठमाडौंको सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्यामा संलग्न आशंका गरिएका विनोद विकको प्रारम्भिक बयानका आधारमा प्रहरी सो निश्कर्षमा पुगेको हो। शनिबार साँझ झापाबाट पक्राउ परेका विनोद विकले लुटपाटकै उद्देश्य रहेको खुलाएका अनुसन्धानमा खटिएका एक अधिकारीले बताए। सुरूमा निराको हत्या नै गर्ने उद्देश्य नभए पनि लुटपाट गर्दा नीराले प्रतिकार गर्दै चिच्याएपछि चक्कु प्रहार गरेको अभियुक्तले बताएका छन्। प्रहरीले नीराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ। ती अधिकारीले भने,‘‘पक्राउ परेका व्यक्तिले आफ्नो अपराध गरेको स्विकारेका छन्। लुटपाटको उद्देश्य मात्रै रहेको बताएका छन्। बाँकी कुरा खुल्दै जाला।’’ क्राइम सिन :...