दुर्गा प्रसाईंलाई ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । शुक्रबार झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत प्रसाईंलाई काठमाडौं ल्याइएको हो । विमानस्थलसम्म हतकडी लगाएर ल्याइएका प्रसाईंलाई विमानमा चढाउँदा भने हतकडी खोलिएको थियो । तर, विमान काठमाडौं अवतरण गरेपछि भने प्रसाईंको हातमा फेरि हतकडी लगाइएको छ ।प्रसाईंलाई शुक्रबारै म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ । त्यसका लागि प्रहरीले कागजात तयार पारिसकेको छ । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई...