माेटरसाइकलमा गाँजा बाेक्ने २ जना प्रहरी फन्दामा
हेटाैँडा । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले मकवानपुरगढी गाउँपालिकाकाे सुकौरा बुढीचौरबाट हेटौँडा बजारतर्फ आउदै गरेको ना २६ प ३६७१ नम्बरको मोटरसाईकलबाट २ किलो ५३० ग्राम लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेकाे हाे । मोटरसाईकल चालक दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर— ०८ बस्ने वर्ष २५ को विजय थापा र मकवानपुरगढी गाउँपालिका— ०७ बस्ने वर्ष ३५ को शुनिल बोम्जनलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध उनीहरुको साथबाट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । जिल्लाकाे मकवानपुरगढी गाउँपालिकाबाट खटिएको प्रहरी टोलिले गढी गाउँपालिका— २...