रिहा भए काभ्रे जिसस प्रमुख गौतम
काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् । बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए । जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतमलाई आज थुनामुक्त गर्न आदेश दिएको हो । गौतम अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।